logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नव आगन्तुक विद्यार्थीलाई स्वागत


  • उज्यालो अभियान

लालबन्दी, १२ पुस – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्नातक प्रथम वर्ष र बीआइसिटी फस्ट सेमेस्टरका विद्यार्थीलाई स्वागत गरिएको छ ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्ववियुु क्याम्पस कमिटीका सभापति अभिमन्यु चौधरीको अध्यक्षता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको प्रमुख आतिथ्यतामा स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरिएको क्याम्पसको नेविसंघ कार्य समितिका कार्यवाहक सभापति विवेक बाँनियाले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, संस्थापक स्ववियु सभापति योगराज देवकोटा, संस्थापक स्ववियु सचिव नारायण गुर्मछान, नेपाली कांग्रेस लालबन्दीका निवर्तमान सभापति प्रशान्त आचार्य, क्याम्पसको व्यवस्थापन समितिका सदस्य रामनारायण चौधरी र गंगाप्रसाद चौलागाईको आतिथ्यता रहेको थियो ।