हरिवन, १२ पुस – सर्लाहीको हरिवनमा आजबाट चौंथो नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड खेदकुद प्रतियोगिता सुरु भएको छ ।
हरिवन १० स्थित चतुुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले उद्घाटन गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष भुुजेलको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत प्रतीक कार्की, शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाई, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका पार्टी प्रतिनिधि, सशस्त्र प्रहरी बल हरिवन बेशका डिएसपी निरन थापा, शिक्षाप्रेमि, शिक्षक, समाजसेवी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका शिक्षक पुुष्कर बुढाथोकीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक टेकबहादुर राउतले व्यक्त गरे । पर्सीसम्म चल्ने प्रतियोगितामा नगरभित्रका विभिन्न १६ वटा विद्यालयका विद्यार्थीबिच विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा हुने हरिवन नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
उद्घाटनकै दिन विद्यार्थीबिच विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराइएको चतुुर्भूजेश्वर जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक वकील सिन्जालीले जानकारी दिए ।