खेलको म्यान अफ द म्याच सर्लाहीका निरज यादव
मलंगवा, ०९ पुस – रौतहटको चन्द्रपुरमा जारी एक दिवसिय त्रिकोणात्मक क्रीकेट प्रतियोगितामा सर्लाहीले रौतहटलाई ४ विकेटले पराजित गरेको छ ।
चन्द्रपुर नगरपालिका–८ स्थित कोटीहोम क्रीकेट मैदानमा आयोजना गरिएको खेलमा सर्लाही ४ विकेटले विजयी भएको सर्लाही क्रीकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए । टस हारेर पहिले व्याटिङ गरेको सर्लाहीले निर्धारित ३५ ओभरको खेलमा ३१.५ ओभरमा अलाआउट हुँदै ९५ रन बनायो ।
सर्लाहीका लागि निरज यादव र अलि हसनले समान १८/१८ रन बनाए । रौतहटका लागि रन्जित महतोले सर्वाधिक ४ विकेट लिए । ९६ रनको लक्ष्य पाएको रौतहट २१.४ ओभरमा ९१ रन बनाउँदै अलआउट भयो ।
रौतहटका लागि राज पटेलले सर्वाधिक २५ रन बनाए । सर्लाहीका लागि निरज यादवले ५ र विशाल पटेलले ३ विकेट हात पारे ।
खेलको म्यान अफ द म्याच सर्लाहीका निरज यादव भएका छन् ।
भोली बुधवारको खेल सर्लाही र हेटौंडाको बीच हुने यादवले बताएका छन ।