जनकपुरमा देखिएको उल्लास ।
मलंगवा, ०६ पुस – यसै वर्षदेखि सुरु भएको र निकै चर्चा कमाएको नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न सर्लाहीबाट पनि ठूलो संख्यामा युवाहरु काठमाडौं पुुगेका छन् ।
आजको फाइनल खेल हेर्न जिल्ला सदरमुकाम मलंगवासहित बरहथवा, हरिपूर्वालगायत गाउँगाउँबाट ठूलो संख्यामा युवाहरु टियू क्रिकेट मैदान कीर्तिपुर पुुगेका हुन् । आफ्नै प्रदेशको प्रतिनिधित्व गर्दै फाइनलमा पुुगेको जनकपुर बोल्ट्स फाइनल खेल्न लागेकाले पनि युवाहरुमा उत्साह थियो ।
आज फाइनल खेल जितेपछि उनीहरु झनै उत्साहित भएका छन् । गाउँका युवासँगै टियू पुुग्नुुभएका हरिपूर्वाका पत्रकार विवेक यादवले आफूूहरु गाडी रिर्जभ गरेर त्यहाँ पुुगेको जानकारी दिए । भारतमा आइपिएलको जस्तै नेपालमा एनपीएल हुँदा गाउँगाउँमा उत्सव देखिएको छ ।
आज शनिबार बिदाको दिन समेत परेकाले पनि धेरै जना एनपीएलको बहुुप्रतिक्षित फाइनल खेल हेर्न ग्राउण्डमै पुुगेका हुन् । जिल्लाको बरहथवा बजार क्षेत्रबाट पनि ठूलो संख्यामा क्रिकेट प्रेमी गाडी रिर्जभ गरेर काठमाडौं गएका स्थानीय पत्रकार घनश्याम सिंहले जानकारी दिए ।
रात्रि बस, सुमो, जीपलगायतका साधन रिर्जभ गरेर काठमाडौं पुुगेका कतिपय फर्किन थालिसकेका छन् भने कतिपय भोली फर्किने तयारी गरेका छन् ।
आज एनपीएलको फाइनल खेल लालबन्दीसहित विभिन्न स्थानमा प्रोजेक्टरमार्फत देखाइएको थियो । जनकपुरको जितसँगै गाउँगाउँमा क्रिकेट प्रेमीले उत्साह मनाइरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् ।