मुर्तिया, ३० मंसिर – सर्लाही ब्याडमिन्टन संघको दोस्रो साधारण सभाबाट नयाँ नेतृत्व चुनिएको छ ।
हिजो बरहथवा नगरपालिका–९, स्थित कभर्ड हलमा सम्पन्न साधारण सभाबाट गौरव गुरुङ अध्यक्ष, जय गोले सचिवलगायत ११ सदस्यीय कार्य समिति चयन भएको तेजनारायण आले मगरले जानकारी दिए ।
निवर्तमान अध्यक्ष तुलसीनारायण श्रेष्ठको अध्यक्षता तथा बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय सदस्य महेश्वरमान श्रेष्ठ, बरहथवा नगरपालिका–९, का वडाध्यक्ष तुलसी लुुइटेल, नेपाली कांग्रेसका नेता विनोद खनाललगायतको आतिथ्यता रहेको थियो ।