पिपरिया, ३० मंसिर – सर्लाहीको कविलासी नगरपालिका–१, पिपरियास्थित सनराईज इङलिस बोडिङ स्कुलमा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हरिवनको सनराइज हाइयर सेकेण्डरी स्कुल पहिलो भएको छ ।
जिल्लाभरका २८ वटा विद्यालय सहभागी प्रतियोगितामा सनराइज पहिलो हुँदै नगद ५ हजार १०० रुपैयाँ र कप, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको हो । त्यस्तै दोस्रो भएको आइडियल को–एड–इङलिस एकेडेमी लालबन्दीले ३ हजार ५०० रुपैयाँ तथा तेस्रो भएको युनिभर्सल एकेडेमी गैरले २ हजार १०० नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको आयोजक सनराईज इङलिस बोडिङ स्कुल पिपरियाले जनाएको छ ।
बिजेता विद्यालयका विद्यार्थीलाई कविलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय, शिक्षा शाखा प्रमुख रामबचन राय, आयोजक विद्यालयका संस्थापक गजेन्द्रप्रसाद साहलगायत भएर पुरस्कार वितरण गरेका छन् ।
शिक्षक रुपेश सिंहको संयोजन तथा रुपेश साहको संचालनमा प्रतियोगिता सम्पन्न गराइएको हो ।