logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्नपूर्णलाई सर्लाही क्रिकेट लिगको उपाधि


  • उज्यालो अभियान

सुनिल ठाकुर/ मलंगवा, ११ कात्तिक – सर्लाही क्रीकेट संघले आयोजना गरेको सर्लाही क्रिकेट लिगको उपाधि अन्नपूर्ण टिमले हात पारेको छ ।

मलंगवास्थित कभर्ड हलमा आयोजित प्रतियोगिताको फाइनल खेलमा माछापुच्छ्रे«लाई ४ विकेटले हराउदै अन्नपूर्णले उपाधी हात पारेको छ । टस जितेर व्याटिङ गरेको माछापुच्छ्रे« टिम १७.३ ओभरमा अलआउट हुँदै ८८ रनमा समेटियो । माछापुच्छ्रे«का लागि मोहम्मद कैफले सर्वाधिक ३१ रन बनाए ।

अन्नपूर्णका लागि संदिप खड्काले सर्वाधिक तीन विकेट लिए । ८९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अन्नपूर्णले परिमार्जन यादवको उत्कृष्ट व्याटिङमा खेल सहजै जित्दै उपाधि चुम्न सफल भयो ।

ओपनर यादवले नटआउट रहँदै ४८ बलमा ५९ रन बनाए । जित्नका लागि एक रन बाँकी रहेको अवस्थामा यादवले चौका प्रहार गर्दै उपाधी आफ्नो पक्षमा पारे । अन्नपूर्णले १४ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनायो । फाइनल खेलको म्यान अफ द म्याच परिमार्जन यादव भए ।

प्रतियोगिताको बिजेतालाई मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल यादवले ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विशाल पटेल, बेस्ट व्याट्सम्यान अलि हसन, बेस्ट बलर विशाल पटेल, बेस्ट किपर परिमार्जन यादव र इमर्जिङ प्लेर मोहम्म्द कैफ भएको आयोजक सर्लाही क्रिेकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिएका छन ।