logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही क्रिकेट लिग सिजन दुई : तेस्रो दिनको खेलमा कंचनजंघा र माछापुच्छ्रे विजयी


  • उज्यालो अभियान

सुनिल ठाकुर/उज्यालो अभियाने

मलंगवा, ०५ कात्तिक सर्लाही क्रीकेट संघले आयोजना गरेको सर्लाही क्रीकेट लिग सिजन २ को तेस्रो दिनको खेलमा कंचनजंघा र माछापुच्छ्रे विजयी भएका छन ।

पहिलो खेलमा कंचनजंघाले मा जानकीलाई १९ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको कंचनजंघाले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३८ बनायो ।

कंचनजंघाका लागि विवेक चौधरीले सर्वाधिक २८ रन बनाए। मा जानकीका लागि प्रीयादर्शी आन्नद, निरज यादव र उज्वल राउतले समान २र२ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गर्न आएको जानकी २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १९ रनमा अलआउट भयो । मा जानकीका लागि राहुल महतोले सर्वाधिक ३४ रन बनाए । कंचनजंघाका लागि सुमन शुक्लाले सर्वाधिक ३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच सुमन शुक्ला भए ।

दोश्रो खेलमा माछापुच्छ्रेले गौतम बुद्धलाई ५९ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको माछापुच्छ्रेले १९.३ ओभरमा अलआउट हुँदै १ सय १९ रन बनायो ।

माछापुच्छ्रेका लागि विशाल पटेल र शौकत अलीले समान १९÷१९ रन बनाए । गौतम बुद्धका लागि पिन्टु अधिकारीले ४ विकेट लिएका थिए ।

जवाफी व्याटिङ गर्न आएको गौतम बुद्ध १५ ओभरमा अलआउट हुँदै ६० रनमै समेटियो ।

माछापुच्छ्रेका लागि मोहम्मद आसिफले सर्वाधिक ४ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच मोहम्मद आसिफ भए ।

मंगलवारको खेल अन्नपूर्ण र मा जनकीको बीच हुने आयोजक तुलसी यादवले जानकारी दिए ।