logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दोस्रो दिनको खेलमा माछापुच्छ्रे विजयी


  • उज्यालो अभियान

संघको कोषाध्यक्ष तुलसी यादवले विशाल पटेललाई म्यान अफ द म्याचको ट्रफी प्रदान गर्दै ।

सुनिल ठाकुर/उज्यालो अभियान

मलंगवा, ०५ कात्तिक – सर्लाही क्रीकेट संघले आयोजना गरेको सर्लाही क्रीकेट लिग सिजन २ को दोस्रो दिनको खेलमा हिजो (आइतबार) माछापुच्छ्रेले सगरमाथालाई पराजित गरेको छ ।

कवर्ड हलामा भएको खेलमा माछापुच्छ्रेले सगरमाथालाई ३८ रनले पराजित गरेको हो। टस जितेर पहिले व्याटिङ गरेको माछापुच्छ्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनायो । माछापुच्छ्रेक लागि क्याप्टेन विशाल पटेलले सर्वाधिक ४५ रन बनाए । सगरमाथाको लागि जितेश मण्डल र गोपीकान्त मुखियाले समान २२ विकेट लिए ।

जवाफी व्याटिङ गर्न आएको सगरमाथा ९१ रनमै अलआउट भयो। विशाल पटेलको धारिलो बलिङ सामु सगरमाथाका खेलाडी टिकेर खेल्नै सकेनन ।

पटेलले ४ ओभरमा ७ रन खर्चिदै ५ विकेट लिए । सगरमाथाका लागि जितेश मण्डलले सर्वाधिक ५१ रन बनाए ।

पटेलको बलिङ सामु सगरमाथाका खेलाडी १७ ओभरमै अलआउट हुन पुगे ।

खेलको म्यान अफ द म्याच विशाल पटेल नै भएका छन । आइतबार दुई खेल हुने भनिए पनि वर्षाका मैदान भिजेकोले एक खेल मात्र भएको संघका अध्यक्ष माधव कर्माचार्यले जानकारी दिएका छन ।

सोमबार (आज) को पहिलो खेल कंचनजंघा र मा जनकीको बीच हुने र दोस्रो खेल गौतम बुद्ध र माछापुच्छ्रेको बीच हुने आयोजकले जनाएको छ ।