logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026

जिल्ला स्तरीय नकआउट फुटबलमा आयोजकको विजयी सुरुवात


  • उज्यालो अभियान

हरिपुर, ०३ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा आयोजकले बिजयी सुरुवात गरेको छ ।

आजबाट सानो जगतपुर चौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव संघर्षशील युवा क्लब हरिपुरको निलो टिमले वल्र्ड इज गोल्ड हरिपुरलाई तीन–शुन्य गोलले पराजित गरेको हो । आजको खेलमा आयोजकका निरज घिसिङ हिरो अफ दी म्याच बन्दै पुरस्कार स्वरुप नगद पाँच सय प्राप्त गरे ।

कात्तिक १४ गते फाइनल खेल हुने प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाएका आयोजक नव संघर्षशील युवा क्लब हरिपुरका अध्यक्ष अमृतकुमार घिसिङले जानकारी दिए ।

फुटबल प्रतियोगिताको संविधान सभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, माओवादी केन्द्रका नेता प्रल्हाद बुढाथोकीको विशिष्ठ आतिथ्यता र अन्य अतिथिको आतिथ्यतामा उद्घाटन गरिएको हो ।

हरिपुर वडा नं. २ को प्रायोजनामा प्रतियोगिता सुरु भएको हो ।