logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही क्रिकेट लिग सिजन २ : सगरमाथाको सुखद सुरुवात


  • उज्यालो अभियान

सुनिल ठाकुर/उज्यालो अभियान

मलंगवा, ०३ कात्तिक – सर्लाही सदरमुकाम मलंगवास्थित कवर्ड हलमा संचालित सर्लाही क्रीकेट लिग सिजन २ को पहिलो दिनको खेलमा सगरमाथा टिमले गौतम बुद्धलाई ८४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनायो । सगरमाथाका लागि नटआउट रहदै प्रमोद दासले ८२ र सुनिल दासले ५० रन बनाए । गौतम बुद्धका लागि नजरु खानले सर्वाधिक २ विकेट लिए ।

जवाफी व्याटिङमा आएको गौतम बुद्धले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन मात्र बनाएको थियो । गौतम बुद्धका लागि विवेक ठाकुरले सर्वाधिक ४७ रन बनाए । सगरमाथाका लागि माधव झा र जितेश मण्डलले समान २–२ विकेट लिए ।

खेलको म्यान अफ द म्याच सगरमाथाका प्रमोद दास हुन सफल भए ।

अब आइतबारको पहिलो खेल कंचनजंघा र अन्नपूर्णको बीच तथा दोश्रो खेल सगरमाथा र माच्छापुर्छेका बीच हुने सर्लाही क्रीकेट संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर यादवले गरे हुन् । उद्घाटन समारोहको अध्यक्षता सर्लाही क्रीकेट संघका अध्यक्ष एवं नेपाल क्रिकेट संघका सदस्य माधव कर्माचार्यले गरेका थिए ।