मलंगवा, ०२ कात्तिक – तीन महिनादेखि तलब नपाएको भन्दै प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकले काम नै बन्द गरेका छन् ।
छात्रावृत्ति करारमा कार्यरत डाक्टरले हिजो १ गतेदेखि बिरामी जाँच नगर्दा अस्पतालमा उपचारका आउने बिरामी मारमा परेका हुन् । करारका चिकित्सकले अस्पतालमा टाँगेको ब्यानरमा यि सबै कुराको जिम्मेवार सम्वन्धित निकायका मन्त्री हुन भनी लेखिएको छ ।
प्रत्येक महिनाको तलब उक्त महिनाको मसान्तसम्म दिइने सुनिश्चिता नभएसम्म अस्पतालका सेवा बन्द गर्ने छात्रावृत्ति करारमा कार्यरत चिकित्सकले बताएका छन् ।
प्रदेश सरकार मातहतमा रहेका अन्य अस्पतालमा कार्यरत छात्रावृत्तिका चिकित्सक पनि यसैगरी आन्दोलित बनेका छन् ।