बागमती, ३० भदौ – सर्लाहीको बागमती नगरपालिका–११ मा पर्ने पशुपति सामुदायिक वनले एक स्थानीय विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
वनले आज सोही वडाको पशुपति सामुदायिक प्राथमिक विद्यालयका २९० जना विद्यार्थीलाई कापी, कलम र पेन्सिलजस्ता अति आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो ।
सामाजिक कार्य गर्ने सामुदायिक वनको वार्षिक कार्यक्रम अन्तर्गत वनका अध्यक्ष बद्रीकुमार खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा, अभिभावक सङ्घका अध्यक्ष कविराज खड्का, बागमती ११ का वडा सदस्य तिर्थराज खड््का, शिक्षाप्रेमी पूर्णबहादुर पाण्डे, लम्वोदर काफ्ले, महिला समूहकी भगवती रानाभाट, विद्यालयका प्रधानाध्यापक तारानाथ खनालगायत भएर अभिभावकहरुको उपस्थितिमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको पशुपति ग्रामीण विद्युत समूहका उपाध्यक्ष एवं विद्यालयको व्यवस्थापन समितिका सदस्य प्रकाश केसीले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तारानाथ खनालले समुदायको साथ, सहयोगले गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुगिरहेको बताएका व्यवस्थापन समितिका सदस्य केसीले जानकारी दिए ।