logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन भेट्रान्स क्लब फुटबल खेल्न हेटाैंडा जाँदै


  • उज्यालो अभियान

Oplus_131072

हरिवन, २४ भदाै – राेटरी क्लब अफ मकवानपुरकाे आयाेजना तथा पिप्ले युवा क्लब हेटाैंडाकाे सह-आयाेजनामा आयाेजित तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स राष्ट्रिय फुटबल प्रतियोगितामा हरिवन भेट्रान्स क्लब सर्लाहीले पनि खेल्ने भएकाे छ ।

साेमबारबाट सूरु भएकाे प्रतियाेगिता अन्तर्गत मंगलबार हुने खेलमा हरिवनले हेटौंडा भेट्रान्स क्लब हेटौंडासँग प्रतिस्पर्धा गर्ने हरिवन भेट्रान्सका टिम सह-मेनेजर कामना क्याप्छयाकी मगरले जानकारी दिए । रोटरी क्लब अफ मकवानपरको आयोजनामा पिप्ले क्याम्पा रंगशाला हेटौंडा-५ मा भएको प्रतियोगितामा मधेश प्रदेश सहित कोशी, वागमती, र गण्डकी प्रदेश गरि ४ प्रदेशका १५ वटा टीमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले शिल्ड, मेडल सहित नगद एक लाख पुरस्कार र उप विजेताले पचास हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने भदौ ३१ गते हुने आयोजकले जनाएको छ ।

साेमबार भएकाे उद्घाटन खेलमा चितवन भेट्रान्सले नागास्वती भेट्रान्स हेटाैंडालाई ट्राईबेकरमा ४-२ गाेलले पराजित गरेकाे छ ।