logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गोडैतामा उद्योग वाणिज्य संघको कार्य समिति चयन


  • उज्यालो अभियान

गोडैता, १९ भदौ – उद्योग वाणिज्य संघ गोडैताको नयाँ कार्य समिति गठन भएको छ ।

आज सम्पन्न साधारण सभाबाट सर्वसम्मत रुपमा विजय कुमार यादव अध्यक्ष रहेको नयाँ कार्य समिति चयन भएको हो । समितिमा जयशंकर दास वरिष्ठ उपाध्यक्ष, राकेशकुमार साह उपाध्यक्ष, नागेन्द्र प्रसाद दास महासचिव, सुजित कुमार यादव सचिव, राम उजैन राय कोषाध्यक्ष, सुशीला कुमारी सहसचिवलगायत अन्य सदस्य रहेका छन् ।

नवनिर्वाचित कार्य समितिका अध्यक्षसहित अन्य पदाधिकारी र सदस्यले प्रमाण–पत्र बुझेका छन् । भोली चुनावी गराउने तयारी गरेपनि आजै सर्वसहमतीमा नेतृत्व चयन भएको हो ।