logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सशस्त्र प्रहरीद्वारा मलंगवाबाट ठूलाे परिमाणमा पटाका बरामद्


  • उज्यालो अभियान

सशस्त्र प्रहरीद्वारा बरामद् पटाका । (तस्बिर साैजन्य : सशस्त्र प्रहरी बल)

मलंगवा, १३ भदाै – सशस्त्र प्रहरीले सदरमुकाम मलंगवाबाट ठूलाे परिमाणमा पटाका बरामद् गरेकाे छ ।

बुधबार राती पाैने ८ बजे मलंगवा नगरपालिका-४ गणेशिया चाैरकाे चिम्नि नजिकै २७ लाख ७७ हजार ५५२ रुपैंया बराबरकाे पटाका बरामद् भएकाे सशस्त्र प्रहरी बल नम्बर १० गण हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनाेदराज खनालले जानकारी दिए । गणबाट खटिएकाे टाेलीले दुई कोठे टिनको कच्चि टहरामा शंका लागि चेकजाँच गर्दा बेवारिसे अवस्थामा रहेको पटाका बरामद् गरेकाे र थप अनुसन्धान सहित आवश्यक कार्वाहीको प्रकृया जारि रहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

नजिकिदाे चाडबाड सहित विशेषगरि दिपावली, तिहार र छठ पर्वमा उतिसबाजीकाे रपमा प्रयाेग हुने पटाकाजन्य सामग्री भारतमा निर्वाध प्रयाेग गर्न पाईन्छ । खुला सिमानाका कारण नेपालमा भने भारतबाट तस्करी मार्फत हरेक वर्ष चाडबाडकाे समयमा ठूलाे मात्रामा पटाकाजन्य सामग्री भित्रिने गर्दछ । चाडबाडकै बेला भित्रयाउँदा सुरक्षा सजगता हुनेहुँदा तस्कर गिराेहले समयमैे भारतबाट भित्र्याएर काठमाडाैं सहित मुलुकका प्रमुख शहरहरुमा पठाउनका लागि उक्त पटाका गाेदाम गरेकाे अनुमान गरिएकाे छ ।