logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

डोम समुदायका बालबालिकालाई ब्याग र शैक्षिक सामग्री वितरण


  • उज्यालो अभियान

लालबन्दी, ३० साउन – एनएमबि बैङ्क लिमिटेडको लालबन्दी शाखाले डोम समुदायका बालबालिकालाई विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिका–९, बस्तीपुरका ३० जना बालबालिकालाई ब्याग र शैक्षिक सामग्री प्रदान गरेको हो । प्रत्येक बालबालिकालाई एक थान ब्याग, आधा दर्जन कपी र एक थान पेन्सिल बक्स हस्तान्तरण गरिएको एनएमबि बैङ्क लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।

लालबन्दी नगरपालिका ९ का वडाध्यक्ष नारायण अधिकारी, वडा सदस्यहरु, बैङ्कका मधेश प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर कमलेश प्रसाद यादव, शाखा प्रवन्धक आचार्यलगायत भएर बालबालिकालाई ब्याग र शैक्षिक सामग्री वितरण गरेका छन् ।