logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाही प्रहरीले ६२० जना फरार प्रतिवादीलाई अदालतमा बुझायाे


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय सर्लाही ।

मलंगवा, २५ साउन – गत आर्थिक वर्ष २०८०/०८१ मा सर्लाही प्रहरीले ६२० जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

फैसला कार्यान्वयन अन्तर्गत २०८० साउन १ गतेदेखि २०८१ असार मसान्त भित्र ६२० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा बुझाईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । विभिन्न तहका अदालतबाट कैद सजाय तथा जरिवाना ताेकिएपनि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय तथा जिल्ला स्थित मातहतका युनिट कार्यालयहरुले पक्राउ गरेका हुन् ।

समाजमा सर्वसाधारण जनतालाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभुति दिलाउने अभिप्रायले कार्यालयबाट संचालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पक्राउ परेका ६२० जनालाई सर्लाही जिल्ला अदालतमा बुझाईएकाे डीएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका फरार प्रतिवादीबाट ८९ लाख २८ हजार ५१८ रुपैंया जरिवाना असुल भएकाे छ भने ८५ वर्ष २ महिना १ दिन कैद सजाय फर्छ्याैट भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

तत्कालिन् सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीकाे पालामा त एकैदिन २०२ जना फरार प्रतिवादी पक्राउ गरि सर्लाही जिल्ला अदालतमा बुझाईएकाे थियाे । चैत अन्तिममा सर्लाही प्रहरी कमाण्ड गर्न आएका एसपी रविन्द्र बहादुर सिंहले पनि फरार प्रतिवादी पक्राउ तथा भारतीय सिमाबाट आयात हुने करछलीका सामान नियन्त्रणमा विशेष अभियान नै चलाएका छन् ।