logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषि मन्त्री अधिकारीले गरे बागवानी, तेलवाली र कृषि यान्त्रिकीकरणको निरीक्षण


  • उज्यालो अभियान

नवलपुर, २३ साउन – संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आज साँझ सर्लाहीको नवलपुरस्थित तीन कार्यालयको निरीक्षण गरेका छन् ।

मन्त्री अधिकारीले लालबन्दी १ नवलपुरमा रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र, तेलबाली अनुसन्धान कार्यक्रम र कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रको निरीक्षण गरेका हुन् । मन्त्रालय मातहतको यि कार्यालयको निरीक्षण गर्दै उनले कार्यालयको अवस्था, कृषि क्षेत्रमा दुवै कार्यालयले गरेका कामहरुबारे जानकारी समेत लिएका छन् ।

मन्त्री अधिकारीलाई बागवानी केन्द्रको बारे निमित्त प्रमुख रामकुमार महतो, तेलबाली अनुसन्धान कार्यक्रमबारे कार्यालयका प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदी र कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रबारे कार्यालय प्रमुख रामनाथ झाले अवगत गराएका छन् ।

संघीय मन्त्री अधिकारीसँगै मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले समेत तीनवटै कार्यालयको निरीक्षण गरेका छन् । आफ्नो नगरपालिकाभित्र पर्ने यि तीन कार्यालयको निरीक्षणमा आएका मन्त्री अधिकारी र क्षेत्रीलाई दुवै कार्यालयका प्रमुख तथा कर्मचारीसँगै लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिनसहित कांग्रेस नेताहरु समेत सहभागी भएर स्वागत गरेका छन् ।