हरिवन, २० साउन – सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनले २५ औं स्थापना दिवस मनाएकाे छ ।
शनिबार साँझ संस्थाकाे कार्यालयमा एक कार्यक्रम आयाेजना गरि संस्थाको २५ औं वसन्तको अवसरमा लोगो प्रकाशन तथा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट व्यबसायी, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणि र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । कार्यक्रममा २५ औं बसन्तको केक काटिएकाे र दिप प्रज्वलनसमेत गरिएको थियो ।
संस्थाक अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षता एवं प्रदेश सभा सदस्य जवहारलाल कुशवाहको प्रमुख आतिथ्यता, हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी (कमल) र उपप्रमुख हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा हरिवन नगरपालिका-४ का वडाध्यक्ष एवं सहकारी विभाग प्रमुख केशवराज थापा, वडा नम्बर १ क वडाध्यक्ष तथा संस्थाका सल्लाहकार टम बहादुर घिसिङ, हरिवन नगर सहकारी संजालका संयोजक राम प्रसाद घिमिरे, संस्थापक सदस्य चुडामणि वाग्लेलगायतको आतिथ्यता रहेको थियो । त्यस्तै पुर्व लेखा समिति सदस्य जय शंकर सिंह, सल्लाहकार डोर प्रसाद भट्टराई, सल्लाहकार बिदुर कुमार प्याकुरेल, संस्थापक अध्यक्ष बाबुराम घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य लगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।
सचिब राजकुमार उप्रेतीकाे सञ्चालन रहेकाे कार्यक्रममा उपाध्यक्ष तारा देबी सुबेदीले स्वागत मन्तव्य तथा संस्थाको वित्तीय अवस्था बारे कोषाध्यक्ष विनोद कार्कीले प्रष्ट्याएका थिए । सगुनले शनिबार नै मधेश प्रदेशकै उत्कृष्ट सहकारीकाे रुपमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहकाे हातबाट सम्मान-पत्र समेत पाएकाे छ ।