हरिवन, १८ साउन – सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनद्वारा आयाेजित हाजिरिजवाफ प्रतियाेगितामा महादेव जनता मावि हरिवन प्रथम भएकाे छ ।
विहिबार सम्पन्न प्रतियाेगितामा मजमाविबाट सहभागि बिभु भट्टराई र दृष्टि दास तत्माको समुहले प्रथम स्थान हाँसिल गरेकाे हाे । त्यस्तै ज्ञानोदय सेकेण्डरी स्कूलबाट सहभागि अरमान मिकरानी र सुस्मिता कुशवाहको समुह द्वितिय भएका छन् भने सर्लाही एम्बिसन एकेडेमिबाट सहभागि सरोज जिम्बा र स्वयता भण्डारीले तृत्तिय स्थान हासिल गरेका छन ।
त्यसैगरि जानकी मावि लालबन्दीबाट सहभागी पुरुषोत्तम कुमार कुशवाह र रिया खड्काको समुहले सान्त्वना स्थान हाँसिल प्राप्त गरेकाे छ । प्रथम हुनेलाई ६ हजार ६६६, द्वितियलाई ५ हजार ३३३, तृत्तियलाई ४ हजार र सान्त्वना हुनेलाई २ हजार ६६६ रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएकाे संस्थाका प्रबन्धक रबिन्द्र रानाले जानकारी दिए ।
संस्थाका अध्यक्ष केशव ढकालका अनुसार स्थापनाकाे २५ बर्ष (रजत जयन्ति) को अवसरमा यस बर्षभरि २५ सामाजिक क्रियाकलाप गर्ने संस्थाको निर्णय बमोजिम जिल्ला स्थित १५ वटा मावि तहका विद्यालयकाे सहभागितामा हाँजिरिजवाफ प्रतियाेगिता गराईएकाे हाे । सचिब राजकुमार उप्रेतीद्वारा सञ्चालित उद्घाटन सत्रमा उपाध्यक्ष तारादेवी सुवेदीले स्वागत, कोषाध्यक्ष बिनोद कार्कीले वित्तिय विश्लेषण र संस्थापक अध्यक्ष बाबुराम घिमिरेले सहकारी ईतिहाँसका बारेमा मन्तव्य राखेका थिए । शिक्षक पुष्प राज श्रेष्ठले सहजिकरण गरेको दोस्रो सत्रमा पहिलो राउन्ड सगुन सहकारी र सहकारी क्षेत्रको विषयमा, दोस्रो राउन्ड भुगोल, ईतिहाँस, आईक्यू, सुचना प्रविधि र समसामयिक विषयमा तथा तेस्रो राउण्ड र्यापिट फायरकाे आधारमा प्रतियाेगिता गरिएकाे थियाे ।