logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ट्यांकर चालकको आन्दोलनका कारण सर्लाहीमा पेट्रोल र डिजेल अभाव


  • उज्यालो अभियान

हरिवन, १८ साउन – पेट्रोलियम पदार्थ ओसार्ने ट्यांकर चालकहरुको आन्दोलनका कारण सर्लाहीमा विहिबारदेखि पेट्रोलियम पदार्थ अभाव भएको छ ।

चालकहरुले अमलेखगञ्ज स्थित नेपाल आयल निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाएपछि सर्लाहीमा पेट्रोल/डिजेल अभाव भएको हो । चण्डेश्वरी आयल स्टोर्स नयाँरोडका सञ्चालक बाल कुमार पोतेका अनुसार करिब–करिब जिल्लाभरका पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ अभाव भएको छ । पेट्रोलियम डिलर्स एशोसियशन सर्लाहीका अध्यक्ष सुनिल साह सहितको टोली शुक्रबार बिहानै अमलेखगञ्जतर्फ गएको र टोलीले बुझेपछि मात्र चालकहरुले किन पेट्रोलियम पदार्थ उठाएनन् भन्ने थाहा हुने पोतेले जानकारी दिए ।

एक व्यबसायीका अनुसार शुक्रबार नै समस्या समाधान नभए शनिबार आयल निगमको डिपो बन्द हुने हुँदा अब एकैचोटी आईतबारमात्र पेट्रोलियम पदार्थ सर्लाही ल्याउन सम्भव छ ।