logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२११ औँ भानु जयन्ती मनाइयो


  • उज्यालो अभियान

लालबन्दी, २९ असार – सर्लाहीमा पनि आज आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ति मनाइएको छ ।

सर्लाही साहित्य समाजको आयोजनामा लालबन्दी नगरपालिका–४, हरिभवनस्थित शिशुकल्याण जनता माध्यमिक विद्यालयको प्राङ्गणमा भानु जयन्ति मनाइएको हो । कार्यक्रममा आदिकवि आचार्यको तस्बिरमा माल्यार्पण गर्दै उहाँको जीवनीको चर्चा गरिएको सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटाले बताईन ।

देवकोटाकै अध्यक्षता तथा रौतहट–सर्लाही बुढ्यौली साहित्य समाजका अध्यक्ष लम्बोधर काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सहभागी साहित्यप्रति रुची राख्ने व्यक्तिहरुले आ–आफ्नो रचना वाचन गरेर सुनाए ।

सो कार्यक्रममा सफलतापूर्वक मेची–महाकाली पैदलयात्रा गरेका बागमती नगरपालिका ११ पुतली चोक निवासी नित्यानन्द शर्मा कँडेललाई सम्मान गरिएको छ ।

यस्तै लालबन्दी नगर वाङ्मय परिषद् र भानु प्रतिष्ठान नेपालको आयोजनामा लालबन्दी ७ स्थित लालबन्दी नगर वाङ्मय परिषद्को कार्यालयमा पनि २११ औँ भानु जयन्तिका अवसरमा अहिले अपरान्ह मधेश प्रदेस्तरीय रचनावाचन कार्यक्रम हुँदै छ ।