मलंगवा, २८ असार – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज सर्लाही सदरमुकाम मलंगवा आएर फर्किएका छन् ।
एक वैवाहिक समारोहमा सरिक हुन आएका मुख्यमन्त्री सिंह आज साँझ मलंगवामै पार्टीका अगुवा नेता कार्यकर्तालाई समेत भेटेर फर्किएका छन् । जनमत पार्टीको नेता समेत रहेका मुख्यमन्त्री सिंहले उक्त भेटघाटलाई संक्षिप्त सम्वोधन गर्दै कृषिलाई उच्च प्राथमिकतामा राखेको वर्तमान प्रदेश सरकारले कृषि विद्युतीकरण र सहज रुपमा मलको व्यवस्थापन मिलाउन लागिपरेको दावी गरे ।
उनले वर्तमान अवस्थामा युवालाई रोजगारी प्रदान गर्न नसके देश अझ खराब अवस्थाबाट गुज्रिने उल्लेख गरेका ।
सर्लाहीमा आएका मुख्यमन्त्री सिंहलाई पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव, नेता राकेश मिश्रलगायतले स्वागत गरे ।