logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीको बजेट पारित


  • उज्यालो अभियान

लालबन्दी, २५ असार – लालबन्दी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज पारित भएको छ ।

नगरसभाको १२ औँ अधिवेशनको तेस्रो बैठकले आज १ अर्व ५१ करोड ४८ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको हो । लालबन्दी नगरपालिका १० स्थित वडा कार्यालय परिसरमा रहेको सभा हलमा आयोजित नगरसभाको तेस्रो बैठकले सर्वसम्मत रुपमा बजेट पारित गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरसभाको १२ औँ अधिवेशन अन्तर्गत असार ६ गते पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुति गरी सोही बैठकबाट पारित भएको थियो । त्यसपछि असार १० गते बजेट प्रस्तुत गरियो ।

उक्त बैठकमा प्रस्तुत बजेट आज पारित भएको हो ।