logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जनता मावि सलेमपुरलाई समाज लघुवित्तको सहयोग


  • उज्यालो अभियान

सलेमपुर, २१ असार – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा रहेको विद्यालयमा पङ्खा र शैक्षिक सामग्री सहयोग गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत विकास प्रवद्र्धन कोषमार्फत जनता माध्यमिक विद्यालयलाई २४ थान पङ्खा र अन्य शैक्षिक सामग्री प्रदान गरेको हो । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय महतो र प्रधानाध्यापक रवीन्द्र रायलाई ति सामग्री हस्तान्तरण गरेका छन् ।

जनता माविमा सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिव पाँच सय विद्यार्थीलाई न्यूनतम शुल्कमा अध्यापन गराइरहेको छ । संस्थाले विद्यार्थीको आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले पङ्खा र शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ ।

हाल पाँचवटा शाखामार्फत सेवा दिँदै आइरहेको समाज लघुवित्त वित्तीय संस्थाले विभिन्न सामाजिक संस्था तथा नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्वन्धी कार्य गर्दै आइरहेको छ ।

कार्यक्रममा समाज लघुवित्त वित्तीय संस्थाका विभाग प्रमुख सन्तोष कुशवाहा, विवेक महतो, रामाशंकर चौधरीलगायतको उपस्थिति रहेको थियो ।