logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीबाट एसइईमा ५५ प्रतिसत परीक्षार्थी अनुत्तीर्ण


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २० असार – सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५५.०३ प्रतिसत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले २०८० चैतमा सञ्चालन गरेको परीक्षामा सर्लाहीबाट सामेल भएकामध्ये आधा भन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । एसइईमा सर्लाहीबाट १० हजार २८६ जना परीक्षार्थी सामेल भएका थिए । त्यसमध्ये ४४.७० प्रतिसत विद्यार्थी मात्रै उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका उपसचिव एवं प्रमुख तारापति खरेलले जानकारी दिए । उनका अनुसार १० हजार २८६ जना परीक्षार्थीमध्ये चार हजार ५९८ अर्थात ४४.७० प्रतिसत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

पाँच हजार ६८८ जना विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । एनजी आउने परीक्षार्थीले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि (मौका) परीक्षामा सामेल हुन पाउने छन् ।

अधिकांश विद्यार्थी अनुत्तीर्ण भएपछि विशेष गरी सामुदायिक विद्यालयले ‘कोचिङ’ कक्षा सञ्चालनको तयारी गरेका छन् ।