logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महावीर र शिशुकल्याणका विद्यार्थीबिच मैत्रीपूर्ण फुटबल


  • उज्यालो अभियान

चिताईन, ३२ जेठ – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनस्थित फुटबल चौरमा आज मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।

हरिपुर नगरपालिका २ मा रहेको महावीर जनता माध्यमिक विद्यालय र लालबन्दी नगरपालिका ४ हरिभवनमा रहेको शिशुकल्याण जनता माध्यमिक विद्यालयबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । जसमा महावीरले शिशुकल्याणलाई शुन्यका विरुद्ध एक गोल गर्दै पराजित गरेको छ ।

शुक्रबार विद्यार्थीलाई गराइने अतिरिक्त क्रियाकलापअन्तर्गत दुई विद्यालयका प्रधानाध्यापकबिच सहकार्य गरी मैत्रीपूर्ण फुटबल गराइएको शिशुकल्याणका प्रधानाध्यापक नरहरि धामीले उज्यालो अभियानसँग बताए ।