logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सिटिजन्स बैंकद्वारा विद्यालयलाई स्मार्ट टिभी वितरण


  • उज्यालो अभियान

बरहथवा, ३१ जेठ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बरहथवा शाखाले संस्थागत सामाजीक उत्तरदायित्व अर्न्तगत सर्लाहीको बागमती नपा-५ को श्री जनता माध्यमीक विद्यालय सोल्टी बजार लाई एक थान स्मार्ट टिभी उपलब्ध गराएको छ ।

बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रविधीमैत्री अध्ययनमा सहजता होस भन्ने हेतूले स्मार्ट टिभी उपलब्ध गराएको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्राथमीकतालाई छनोट गरेर सहयोग गर्ने गरेको बरहथवा शाखा प्रमुख गोविन्द लामिछानेले बताए ।

विद्यालयमा बुधबार आयोजीत एक कार्यक्रमका बिच सिटिजन्स बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्गी र इलाका प्रमुख सन्नी खतीवडाले सहयोग स्वरुप उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गर्दै संस्थागत सामाजीक उत्तरदायित्व कार्यक्रम अर्न्तगत सामाजिक, आर्थिक, सांस्कृतीक, शैक्षीक आदि जस्ता क्षेत्रमा सकरात्मक परीवर्तन ल्याउनका निम्ति बैंकले विभिन्न कार्यक्रम सञ्चानल गर्दै आएको र आगामी दीनमा पनी यस्तो कार्यक्रम गर्ने योजना रहेको बताए ।

शाखाद्वारा आयोजीत उक्त कार्यक्रममा सिटिजन्स बैंकका मधेश प्रदेश प्रमुख नितेश खड्गी, इलाका प्रमुख सन्नी खतीवडा, बरहथवा शाखा प्रमुख गोविन्द लामिछाने, सहायक शाखा प्रमूख दिप बहादूर थापा, अपरेशन इन्चार्ज राजेश गुप्ता, सम्पर्क अधिकृत पूजा चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खीलराज पोखरेल, प्रधानाध्यापक लोकनाथ दाहाल, शिक्षक शिक्षीका लगाएत वडा प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त `क’ वर्गको वाणिज्य बैंक हो ।