logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीका आयुषलाई ढाकामा स्वर्ण


  • उज्यालो अभियान

लालबन्दी, ३१ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका ५ निवासी आयुष ढुंगेलले प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको फाइनलमा आयोजक बंगलादेशका अल सुवेद राइमलाई हराएका हुन् । यसअघि, आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गरेका उनका प्रशिक्षक अशोक खड्काले जानकारी दिए ।

त्यस्तै पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजक देशका अब्दुल जायद खानलाई हराएर स्वर्ण पदक जितेका छन् । पुरुष ४५ केजीमा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि रजत पदकमा सीमित भए ।