हरिवन, २९ जेठ – मोटरसाईकलको पेट्रोल राख्ने ट्यांकी र सिटमुनी लुकाएर राखिएको ११८ बोतल लागूऔषधमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित एक भारतीय युवक पक्राउ परेका छन् ।
सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले नम्बरको भारतीय BR 05 L 8308 नम्बरको मोटरसाईकलमा आउँदै गरेका भारतको सितामढी ग्राम मैबी निबासी २५ वर्षीय राहुल तिवारीलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । हरिवन नगरपालिका-७, साईफन चोकमा रहेको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा मोटरसाईकलको तेलको टयांकी र सिट मुनी लुकाएको अवस्थामा WINCEREX-१०० ML को ११९ बोतल मध्ये १ बोतल सिल खोली खाली रहेको र सिलबन्दी ११८ बोतल बरामद् भएको प्रहरीले जनाएको छ । उनी भारतबाटै उक्त लागूऔषध लिएर सर्लाही भित्रिएको प्रहरीले अनुमान गरेको छ ।