logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तामाङ चलचित्रका नायक पाख्रिन सम्मानित


  • उज्यालो अभियान

हरिवन, २९ जेठ – तामाङ चलचित्र संघको १६ औं वार्षिकोत्सवकाे अवसरमा सर्लाही निवासी तामाङ भाषा चलचित्रका नायक जाेनिस पाख्रिन सम्मानित भएका छन् ।

तामाङ चलचित्र संघ नेपालले काठमाडाैंमा आयाेजना गरेकाे एक समाराेहबीच जिम्बा फिल्मस् प्रोडक्शनद्वारा निर्माण गरिएको `सेम न्हाङ्ला माया' र `एला तिङरी❤️ङा मुला’ नामक तामाङ भाषाका चलचित्रका नायक पाख्रिन
`सेमरी छोरङान स्रष्टा’ काे रुपमा कदरपत्र सहित सम्मानित भएका हुन् । सम्मानबाट आफूलाई थप उर्जा मिलेकाे भन्दै हरिवन नगरपालिका-८, चापिनी निवासी पाख्रिनले आयाेजकप्रति आभार प्रकट गरे । नेकपा एमालेमा रहेर राजनीति गरिरहेका पाख्रिन विभिन्न सामाजिक कार्यमा समेत सकृय छन् ।