logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तेक्वान्दोका खेलाडीको बेल्ट ग्रेडिङ तथा एमालेका निर्वाचित पदाधिकारीलाई सम्मान


  • उज्यालो अभियान

लालबन्दी, २६ जेठ – लोकतान्त्रिक तेक्वान्दो डोजाङ लालबन्दीले खेलाडीको बेल्ट ग्रेडिङ तथा एमाले सर्लाहीका निर्वाचित पदाधिकारीलाई सम्मान कार्यक्रम आज एक साथ सम्पन्न गरेको छ ।

डोजाङले लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रित भवनमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा डोजाङका नियमित खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न गरिएको आयोजक लोकतान्त्रिक तेक्वान्दो डोजाङ लालबन्दीले जनाएको छ । सोही अवसरमा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशनबाट भर्खरै निर्वाचित सचिव डिल्लीप्रसाद अधिकारी, उपसचिव विभा नेपाल र बलराम एस्मालीसहित खेलकुद संघसंस्थासँग पनि जोडिएका जिल्ला कमिटीमा निर्वाचित सदस्यहरु गीतानाथ मैनाली, चन्द्र दोङ, इर्फान अन्सारी, इन्द्र न्यौपाने, गीता राउत, देवी खरेल र कमला गजमेरलाई खादा ओढाएर सम्मान गरिएको छ ।

डोजाङका अध्यक्ष श्रवण पासवानको अध्यक्षता तथा नेपाल आइटिएफ तेक्वान्दो महासंघका राष्ट्रिय उपाध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) को प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष विष्णु सुस्लिङ, नेपाल खेलकुद महासंघ मधेश प्रदेशका सहसचिव बालकृष्ण दर्लामीलगायतको आतिथ्यता रहेको थियो ।