पुरस्कृत विद्यार्थीद्वय (बीचमा) र कार्यक्रमका अतिथिहरु ।
हरिवन, १९ जेठ – स्वर्गीय वालकृष्ण वाग्ले स्मृति कोषले उत्कृष्ट दुई जना विद्यार्थीललाई नगद सहित पुरस्कृत गरेकाे छ ।
हरिवन नगरपालिका-८ बेताली स्थित जनजागृति माविमा अध्ययनरत अन्जली स्याड्तान र सविन राई हायु वालकृष्ण वाग्ले स्मृति पुरस्कारवाट पुरस्कृत भएका हुन् । हो । उनिहरु दुवै जनालाई शनिबार विद्यालय परिसरमा आयाेजित एक समाराेहबीच हरिवन नगरपालिकाकि उपमेयर हरिमाया घलान र स्व. वाग्लेकी धर्मपत्नी पवन कुमारी वाग्लेले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।
कोषका संस्थापक चूडामणि वाग्लेका अनुसार दुवैजनालाई प्रमाण पत्र र नगद ३/३ हजार पुरस्कार प्रदान गरिएकाे छ । ब्याजवाट हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई पुरस्कार प्रदान गर्ने गरि स्व. वाग्लेको परिवारले उक्त विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेकाे थियाे ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्र प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा प्रधानाध्यापक चन्द्र मोहन झा र कोषका संस्थापक चूडामणि वाग्लेले पुरस्कारको महत्व सहित पुरस्कृत विद्यार्थीलाई बधाई ज्ञापन गरे । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती समेत गरेका थिए ।