प्रहरीद्वारा बरामद् सामानहरु ।
मलंगवा, १७ जेठ – सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याईएका सामानहरु बरामद् गरि भन्सार कार्यालय बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा तथा मातहतका अन्य कार्यालयबाट खटिएका प्रहरी टोलीले भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको युरिया मल, विभिन्न किसिमको लत्ता कपडा, किराना आइटमहरु, पेय पदार्थ, स्टेश्नरी र कस्मेटिक सामानहरु तथा सामान ओसार्न प्रयोग भएको एक मोटरसाईकल बरामद गरेर भन्सार कार्यालय बुझाईएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको मालसामानहरु ५ लाख ४१ हजार ३०० रुपैंया बराबरको रहेको समेत प्रहरीले जनाएको छ ।