चन्द्रनगर, १७ जेठ – चन्द्रनगर गाँउपालिकामा बसोवास गर्ने सिमान्तकृत मुसहर समुदायलाई बित्तिय साक्षरता तालिम प्रदान गरिएको छ ।
मुसहर समुदायलाई वित्तीय साक्षरता सम्बन्धि सचेतना कार्यक्रम अन्तर्गत आम्दानी र खर्चको विश्लेषण, बचत तथा ऋण, पारिवारिक बजेट, बैंक तथा वित्तिय कारोबार, वित्तीय अनुशासन, अनलाईन बैकीङ, बिमा, रेमिटेन्स बारेमा सचेतना गराईएको थियो हो । आज कमाएर आजै खाने र भविश्यको लागि बचत नगर्ने परम्पराका कारण मुसहर समुदाय आर्थिक सहित हरेक पक्षमा पिछडिएकाले वितिय साक्षरता तालिम दिईएको आयोजकले बताएका छन् । बानीका कारण नेपाल मुसहर संघ सर्लाही जिल्ला अध्यक्ष रितुराज ऋषीका अनुसार देसभर ३ लाख हाराहारीमा मुसहर समुदायको जनसंख्या रहेकोमा सर्लाहीमा मात्र झण्डै २० हजार मुसहर रहेका छन् ।
स्वस्तिक बचत तथा ऋण सहकारी संस्था ईश्वरपुरका व्यवस्थापक बिनोद थापा र साप नेपालका कोषाध्यक्ष केदार प्रशाद गौतमले तालिममा सहजिकरण गरेका थिए । कार्यक्रममा नविल बैकका कल्ष्टर म्यानेजर दिनेस अधिकारीले बैक तथा बित्तीय संस्थाको महत्व फाईदाको बारे बताएका थिए ।
चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राजकुमार महतोले बित्तीय साक्षरताको अज्ञानताका कारण ठगिदै आईरहेका मुसहर समुदायलाई तालिमले निकै फाईदा पुगेको भन्दै आयोजकप्रति आभार प्रकट गरे । कार्यक्रममा नविल बैक चन्द्रनगर शाखाका प्रमु शशी खतिवडा, मुसहर संघका अध्यक्ष सहित ३८ जनाको सहभागीता रहेको थियो ।
व्यवसाहिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नविल बैकको सौजन्य तथा साप नेपालको आयोजनामा दुई दिने तालिमको आयोजना गिरएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले बताए । मधेश प्रदेशका अधिकासं जिल्लामा बसोबास गर्ने मुसहर समुदायहरु शिक्षा र चेतनाको कारण आर्थिक, सामाजिक रुपमा निकै पिछडिएका छन ।