लालबन्दी, १७ जेठ – लालबन्दी नगरपालिका कार्यालयले नगर भित्रका सम्पुर्ण बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
गर्मी अत्यधिक बढेपछि जेठ १७ गते विहिबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि विद्यालय बन्द गरिने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ । यद्यपी विद्यालयहरुमा हाल सञ्चालन भईरहेको पोलियो रोग विरुद्धको राष्ट्रव्यापी आईपीभी खोप अभियानको प्रभावकारितालाई मध्यनजर गदै नजिकैको स्वास्थ्य संस्थासँग समन्वय गरी तोकिएको मितिमा बिहान ०६ः०० बजे देखि ०८ः०० बजेसम्म विद्यालयमा खोप लगाउन विधार्थी उपस्थित गराउन प्रधानाध्यापकलाई आवश्यक सहजिकरण गर्न समेत सुुचनामा आग्रह गरिएको छ ।
सर्लाहीमा केही दिन देखी बढ्दै गईरहेको अत्याधिक गर्मीको कारण विद्यालयहरुको पठन पाठनमा समस्या उत्पन्न भएको र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा बुधबार प्रकाशित मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी ३ दिनसम्म तातो हावा तथा तातो लु चल्ने सम्भावनाका कारण आम सर्वसाधारणमा सतर्क रहन आग्रह गरिएको छ ।