Oplus_0
नयाँरोड, १३ जेठ – सर्लाही ट्रक व्यवसायी संघले मधेश प्रदेश सरकारकी श्रम तथा यातायत मन्त्री वेची लुंगेलीलाइ बधाई दिँदै सम्मान गरेको छ ।
शनिबार संघका अध्यक्षय राम बाहादुुर दवाडीको अध्यक्षयता तथा मन्त्री लुंगेलीको प्रमुुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सर्लाही प्रतिनिधि सभा १ को प्रदेश ख बाट प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट निर्वाचित जिल्लाबासी लुंगेली मन्त्री भएको खुशियालीमा संघले बधाई ज्ञापन सहित कदरपत्रले सम्मान गरेको हो ।
कायक्रममा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्षय सुरेन्द्र लामा, संघका पूर्व अध्यक्षहरु राजन केसी र भरत भण्डारी, छत्र बाहदुर डुम्जन लगायतको उपस्थिती रहेको थियो । ट्रक व्यवसायीहरुले आफुहरुले भोग्नु परेको समस्याका बारेमा समेत उचित सम्बोधन गर्न मन्त्री लुंगेली समक्ष आग्रह गरेका छन् ।