चक्रघट्टा, ०९ जेठ – चक्रघट्टा गाउँपालिकामा दाेस्राे अध्यक्ष कप क्रिकेट प्रतियाेगिता सूरु भएकाे छ ।
बुधबार दिउँसाे गापा अध्यक्ष कृष्ण कुमार यादवले प्रतियाेगिताकाे उद्घाटन गरेका छन् । ९ वटा वडा र कर्मचारी टिम सहभागी प्रतियाेगिताकाे फाईनल खेल आगामी साेमबार हुनेछ । चक्रघट्टा गापा-७ पटेर्वा गाउँ स्थित रामजानकी मठकाे जमिनमा प्रतियाेगिता आयाेजना गरिएकाे छ ।
प्रथम र द्वितीय हुने टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएका छन् ।