logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

क्याम्पस सभा मनाइयो


  • उज्यालो अभियान

बयलवास, २० बैशाख – सर्लाहीको बयलवासस्थित नारायण बहुमुखी क्याम्पसको हिजो छैठौँ क्याम्पस सभा सम्पन्न भएको छ ।

सभाले क्याम्पसको वार्षिक आय–व्ययसहितका गतिविधि पारित गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उत्तमराज घिमिरेको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा क्याम्पस सभा मनाइएको हो ।

सभामा क्याम्पसको प्राज्ञिक सदस्य, जनप्रतिनिधि, राजनीतिक दल तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको क्याम्पस प्रमुख हिरण्यप्रसाद बरालले बताए ।