logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अत्यधिक गर्मीले गर्दा हरिवनका विद्यालय शनिबारसम्मका लागि बन्द


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन, १८ बैशाख – गर्मी अत्यधिक बढेर पठनपाठन गराउन र विद्यार्थीलाई आउनजानै समस्या भएपछि हरिवन नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आज सूचना जारी गरी हाल बढ्दो अत्यधिक गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्य नजर गर्दै भोली १९ गतेदेखि २२ गते शनिबारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंले सूचना जारी गर्दै संचालित परीक्षाहरु यथावत् रहने गरी सबै सामुदायिक, संस्थागत र धामिर्क विद्यालय शनिबारसम्म बन्द गर्ने नगर शिक्षा समितिले निर्णय गरेको उल्लेख गरेका छन् ।