logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यालय व्यवस्थापन समिति गठन


  • उज्यालो अभियान

घारिबथान, १७ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा व्यवस्थापन समिति गठन भएको छ ।

लामो प्रयासपछि आज सम्पन्न अभिभावक भेलाले अभिभावकहरुमध्येबाट ४ जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको हो । व्यवस्थापन समितिको सदस्यमा थामबहादुर खड्का (शिव), भिमबहादुर खड्का, पुष्पाकुमारी कार्की र सावित्रा बराल चयन भएका छन् ।

अब चन्दादाताबाट एक जना र शिक्षाप्रेमी तथा समाजसेवीबाट एक जना सदस्य मनोनित हुने छन् । त्यस्तै वडाका प्रतिनिधि सदस्य, विद्यालयका एक जना शिक्षक सदस्य र प्रधानाध्यापक सदस्य सचिवसहित ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति हुने छ ।

विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति गठन नहुँदा शिक्षक भर्नासहितका काम प्रभावित भएका थिए ।

आज वडाध्यक्ष देविबहादुर खत्रीसहित अन्य जनप्रतिनिधि, वडामा क्रियाशील सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, अभिभावक, गाउँका अगुवा, विद्यालयका शिक्षकलगायतको उपस्थितिमा व्यवस्थापन समितिका ४ जना सदस्य चयन गरिएको हो