कविलासी, १७ बैशाख – सर्लाहीको कविलासी नगरपालिका–८, स्थित अगर्वामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरको स्थापना दिवसको अवसरमा ३६ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन् ।
गणको १७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन् । गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालसहित गण तथा मातहत कार्यालयमा कार्यरत ३६ जना सशस्त्र प्रहरी कर्मचारीद्वारा “रक्तदान नै जीवनदान” हो भन्ने भावका साथ रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी मलङ्गवा शाखासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको सशस्त्र प्रहरी उपरीक्षक खनालले बताए । उनका अनुसार वैशाख १९ गते विशेष समारोहकाबिच गणको स्थापना दिवस मनाउने तयारी भइरहेको छ ।
गणको स्थापना दिवसको अवसरमा विभिन्न व्यावसायिक प्रतियोगिता आयोजना भइरहेका छन् ।