प्रहरी उपरीक्षक हरिहर याेगी ।
मलंगवा, ०७ वैशाख – जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे कमाण्ड प्रहरी उपरीक्षक(एसपी) हरिहर याेगीले सम्हालेका छन् ।
सर्लाही प्रहरी प्रमुखकाे रुपमा केही दिनअघि मात्र कार्यभार सम्हालेका एसपी रविन्द्र बहादुर सिंह विभागिय कार्यक्रमका सिलसिलामा विदेश जानू पर्ने भएपछि प्रहरी हेडक्वाटरले याेगीलाई सर्लाही पठाएकाे हाे । नेपाल प्रहरीकाे दंगा गण जनकपुरमा कार्यरत एसपी याेगीले विहिबार साँझबाटै जिल्ला प्रहरी कार्यालय मलंगवामा हाँजिर भएर जिम्मेवारी सम्हालेका छन् ।
एसपी सिंहकाे प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै फ्रान्समा जाने पूर्व निर्धारित कार्यक्रम तय भएकाले बिदामा गएकाे र जिल्लामा विभिन्न समुहबीच झडपका घटनाहरु भईरहेकाले हेडक्वाटरले एसपी याेगीलाई सर्लाही खटाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । पूर्व पत्रकार समेत रहेका एसपी याेगी अर्का एसपी सिंह आएपछि फर्किने छन् । एसपी सिंह दुईसाता पछि फर्कने बताईएकाे छ ।