logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बालिकाको पठनपाठनमा अन्जलीद्वारा आर्थिक सहयोग


  • उज्यालो अभियान

Oplus_131072

हरिवन, २७ चैत – सलाहीको हरिवन नगरपालिका-८, निवासी दुई बालिकाको पठनपाठनका लागि अमेरिकामा बस्ने एक मनकारी व्यक्तिले आर्थिक सहयोग गरेकी छन् ।

अमेरिकाको क्लोराडो निवासी अन्जली शर्मा आचार्यले श्रीमानले छाडेको र पाठेघरको क्यान्सरसँग समेत जुधिरहेकी लक्ष्मी थापाको दुई छोरीलाई पठनपाठनका लागि २० हजार रुपैयाँ सहयोग गरेकी हुन् । लक्ष्मीले गाउँघरमा ज्याला मजदुरी गरेर छोरीहरु पाल्दै आएकी छन् ।

लक्ष्मीका छोरीहरु महादेव जनता नमूना माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत भवानी थापा र कक्षा ९ मा अध्ययनरत दुर्गा थापालाई पठनपाठनका लागि भनेर अन्जलीले अमेरिकाबाट पठाइदिएको २० हजार रुपैयाँ मंगलबार बिहान हस्तान्तरण गरिएको संयोजनकारी भूमिका निर्वाह गरेका सुकदेव कार्कीले जानकारी दिए ।

लक्ष्मी र उनको दुई छोरीलाई चाडपर्व मनाउनका लागि अन्जलीले गएको चाडबाडमा पनि पैसा पठाइदिएकी थिईन् । उनले थापाको दुई छोरीका लागि गत वर्षदेखि नै वार्षिक २० हजार रुपैयाँ सहयोग गर्न सुरु गरेकी हुन् ।

यो वर्ष दोस्रो पटक अन्जलीले पठाएको रकम बिहान हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, महादेव जनता नमूना माध्यमिक विद्यालयका शिक्षक राजन कार्की, सामाजिक व्यक्तित्व भरत कुमार कार्की, सुकदेव कार्की, कुमार कार्की, सरिता भट्टराईलगायत भएर लक्ष्मी थापा र छोरीहरुलाई हस्तान्तरण गरेका छन् ।