मन्दिप रानाभाट ।
बागमती, २६ चैत – बागमती नगरपालिका-१२ निवासी एक युवाले स्थानीय विद्यालयलाई सहयाेग गरेका छन् ।
हाल वैदेशिक राेजगारीका सिलसिलामा दुबई नजिक समुन्द्रमा पानीजहाजमा `सिम्यान’ काे रुपमा कार्यरत मन्दिप रानाभाटले स्थानीय जन जागृति आधारभुत विद्यालयमा आर्थिक सहयाेग गरेका हुन् । बालकक्षा कोठाको रङरोगन तथा पंखा जडान कार्यका लागि सहयाेग भनेर आफूले ५ हजार नगद सहयाेग गरेकाे रानाभाटले जानकारी दिए ।