हरिवन, २६ चैत – सर्लाहीको हरिवन नगरपालिका ११ मा इस्लाम धर्मावलम्बीको पवित्र महिनाको रमजानको अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष शेष महबुब रेजाको अध्यक्षता तथा मधेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, निवर्तमान नगरप्रमुख गणेश प्रसाईलगायतको आतिथ्यता रहेको थियो । गएसाँझ हरिवन ११ स्थित बालगंगा बर्काती जामे मस्जिदको प्राङ्गणमा कार्यक्रम गरिएको वडाध्यक्ष रेजाले बताए ।
मुस्लिम समुदायले एक महिनासम्म गर्ने रोजाको ब्रतको आज २८ औँ दिन पुगेको छ । उनीहरुले ३० दिनसम्म अर्थात् एक महिनासम्म बस्ने ब्रत पर्सीबाट टुंगिने छ ।