logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रथम लोकतान्त्रिक गोल्डकप : जनसेवीलाई उपाधि


  • उज्यालो अभियान

बिजेता जनसेवीलाई ट्रफी प्रदान गरिँदै ।

रामपुर, २५ चैत – जनसेवी युवा क्लब बर्दिवासले सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा आयोजित मधेश प्रदेश स्तरीय प्रथम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गएसाँझ सम्पन्न फाइनल खेलमा बर्दिवास नगरपालिकाको टिमलाई ३–० गोलले पराजित गर्दै जनसेवीले उपाधि उचालेको हो । जनसेवीको जितमा विदेशी खेलाडी द्वय फोडे फोफोना र यामी तथा शिशिर लेखीले गोल गर्नुभयो । जितसँगै जनसेवीले नगद दुई लाख रुपियाँसहित प्रतियोगिताको कप उचालेको छ ।

उपबिजेता बर्दिवास नगरपालिकाले एक लाख रुपियाँ हात पारेको छ ।

उपबिजेता बर्दिवास नगरपालिकाको टिम ।

फाइनल खेलमा जनसेवीका शिशिर लेखी म्यान अफ दि म्याच बन्दै नगद दुई हजार पाँच सय रुपियाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा जनसेवीका गौरव श्रेष्ठ वेष्ट डिफेण्डर, बर्दिवास नगरपालिकाका पवन पाख्रिन वेष्ट मिडफिल्डर, जनसेवीका निरज चौधरी वेष्ट गोलरक्षक र जनसेवीकै फोडे फोफोना वेष्ट स्टाइकर घोषित भएका छन् । उनीहरुलाई नगद पाँच हजार रुपियाँसहित पुरस्कृत गरिएको आयोजक सर्लाही लोकतान्त्रिक खेलकुद सङ्घका सचिव भिमबहादुर खड्काले जानकारी दिए ।

प्रतियोगिताको बिजेता, उपबिजेता, विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्रमोहन यादव, पूर्व जिल्ला सभापति लक्ष्मण राय, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, मधेश प्रदेशसभाका सदस्य तथा २ नं. क्षेत्रका क्षेत्रीय सभापति कौशलकिशोर राय, १ नं. क्षेत्रका क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, हरिपुरका मेयर गोपाल पन्जियार, बर्दिवासका मेयर प्रल्हाद क्षेत्री, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, ईश्वरपुरकी उपमेयर रन्जिता देवी चौधरी, आयोजक क्लबका अध्यक्ष रोजित केसीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

सर्लाही लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा चैत १७ गतेबाट सुरु भएको प्रतियोगितामा मोफसलका दुई चर्चित क्लब नव जनजागृति युवा क्लब सिमरा र वीरगन्ज युनाईटेड क्लब वीरगन्जसहित मधेश प्रदेशका छ जिल्लाबाट आठवटा क्लबको सहभागिता रहेको थियो ।