logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रेमज्योतिमा विद्यालय व्यवस्थापन समिति गठन


  • उज्यालो अभियान

लालबन्दी, २४ चैत – सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित प्रेमज्योति आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ ।

आज भएको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा पार्वती कार्कीलाई सर्वसम्मत चयन गरेको हो ।

समितिको सदस्यमा चेतप्रसाद गौतम, लक्ष्मी बम्जन, मुलुक बहादुर सुस्लिङ, कुमार गिरी, दिलकुमारी विक, तोयानाथ पोखरेल, सदस्य सचिवमा विद्यालयकी प्रधानाध्यापक तुलसा कुमारी गौतम र शिक्षक प्रतिनिधिमा जिवलाल गिरी चयन भएका छन् ।