रामपुर, २४ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा आयोजित मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।
प्रतियोगिताको उपाधिका लागि आज जनसेवी यूवा क्लब महोत्तरी र महोत्तरीकै बर्दिवास नगरपालिकाले खेल्न लागेका हुन् । खेल अपरान्ह ४ बजेपछि रामपुरस्थित फुटबल मैदानमा सुरु हुने छ ।
उपाधि बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
सर्लाही लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको फुटबल प्रतियोगिता चैत १७ गतेबाट सुरु भएको थियो ।